जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा पोखरा जाल्पारोडका खाजा पसल संचालक पक्राउ

जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा पोखरा जाल्पारोडका खाजा पसल संचालक पक्राउ

bhujel

पोखरा – राम्रो काममा लगाइदिने भन्दै जबर्जस्ती यौन शोषण गराएको आरोपमा कास्की प्रहरीले एक होटल संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं -३ घर भइ हाल पोखरा महानगरपालिका -९ जाल्पारोडमा खाजाघर संचालन गर्दै आएका ३४ वर्षीय केशव भुजेल रहेका छन् ।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार भुजेलले विभिन्न प्रलोभनमा पारी आफ्नो खाजाघरमा राम्रो काममा लगाइदिने भन्दै एक युवतीलाई सुरुमा राम्रै व्यवहार देखाई वेटरको काम दिएका थिए । तर, काम शुरु गरेको २/३ दिनमै युवतीलाई डर धम्की देखाउँदै आउने ग्राहकहरुसंग जबर्जस्ती यौन सम्पर्कमा लगाउने तथा अन्यन्त्र समेत आफुले पैसा असुलेर यौन शोषण गराउंदै आएका थिए ।

भुजेलको उक्त कार्य विरुद्ध युवती आफैले जिल्ला प्रहरी कार्यालय कास्कीमा जबर्जस्ती यौन शोषण गरेको अभियोगमा जाहेरी दिएकी थिइन् । युवतीको जाहेरी लगत्तै प्रहरीले उनलाई सोही खाजा घरबाट बिहीबार पक्राउ गरेको थियो ।

हाल प्रहरीको नियन्त्रणमा रहेका भुजेल विरुद्ध मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट दश दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता हमालले जानकारी दिए  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ