पोखरा – राम्रो काममा लगाइदिने भन्दै जबर्जस्ती यौन शोषण गराएको आरोपमा कास्की प्रहरीले एक होटल संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं -३ घर भइ हाल पोखरा महानगरपालिका -९ जाल्पारोडमा खाजाघर संचालन गर्दै आएका ३४ वर्षीय केशव भुजेल रहेका छन् ।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार भुजेलले विभिन्न प्रलोभनमा पारी आफ्नो खाजाघरमा राम्रो काममा लगाइदिने भन्दै एक युवतीलाई सुरुमा राम्रै व्यवहार देखाई वेटरको काम दिएका थिए । तर, काम शुरु गरेको २/३ दिनमै युवतीलाई डर धम्की देखाउँदै आउने ग्राहकहरुसंग जबर्जस्ती यौन सम्पर्कमा लगाउने तथा अन्यन्त्र समेत आफुले पैसा असुलेर यौन शोषण गराउंदै आएका थिए ।
भुजेलको उक्त कार्य विरुद्ध युवती आफैले जिल्ला प्रहरी कार्यालय कास्कीमा जबर्जस्ती यौन शोषण गरेको अभियोगमा जाहेरी दिएकी थिइन् । युवतीको जाहेरी लगत्तै प्रहरीले उनलाई सोही खाजा घरबाट बिहीबार पक्राउ गरेको थियो ।
हाल प्रहरीको नियन्त्रणमा रहेका भुजेल विरुद्ध मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट दश दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह