शुक्रबार कास्कीका ६९ सहित गण्डकीमा थप १३३ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

शुक्रबार कास्कीका ६९ सहित गण्डकीमा थप १३३ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

IMG_5923

पोखरा – शुक्रबार कास्कीका ६९ सहित गण्डकीमा थप १३३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वस्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीमा ६१५ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअनुसार कास्कीमा सबैभन्दा धेरै ६९ जना, तनहुँमा ६ जना, गोरखामा ९ जना, लमजुङमा २ जना, नवलपुरमा ९ जना, स्याङ्गजामा १९ जना, पर्वतमा ८ जना, बाग्लुङमा १० जना र म्याग्दी जिल्लाका १ जनाको रिपोर्ट पोजेटिभ देखिएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ६ सय ८६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा प्रदेशमा ११९ जना कोरोना मुक्त भएका छन् । यो संगै,  प्रदेशमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६ हजार ८ सय ५९ पुगेको छ ।

शुक्रबार पनि गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएका संक्रमित पोखरा महानगरपालिका -२ निवासी ५९ वर्षीय पुरुष, पोखरा -३२ का ६६ वर्षीया महिला, पोखरा -७ निवासी ७६ वर्षीया महिला र स्याङ्गजा जिल्ला अर्जुन चौपारी गाउँपालिका -२ घर भइ मणिपाल शिक्षण अस्पतालमा उपचाररत ५८ वर्षीया महिला रहेकी छन्  ।

आज पुष्टि भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४८ पुगेको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिए ।

विस्तृतमा हेर्नुहोस्  !

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ