आइतबार पोखराका ५८ सहित गण्डकीमा थप १०५ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

आइतबार पोखराका ५८ सहित गण्डकीमा थप १०५ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

Gandaki-Mapp

पोखरा – आइतबार पोखराका ५८ सहित गण्डकीमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी चारवटा विज्ञप्ति अनुसार गण्डकीका ५१६ जनामा गरिएको पीसीआर परीक्षण मध्ये थप १०५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअनुसार कास्कीको पोखरा महानगरमा ५८ जना, तनहुँमा १० जना, गोरखामा १८ जना, लमजुङमा २ जना, नवलपुरमा १२ जना, स्याङ्गजामा ३ जना र पर्वत जिल्लाका थप २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ९ सय ६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीमा ४२ जना कोरोना मुक्त भएका छन् । यो संगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ९ सय १० पुगेको छ ।

आइतबार पनि गण्डकीमा कोरोनाबाट थप दुईको मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका मृतक पोखरा महानगरपालिका वडा नं -१९ का ५७ वर्षीय पुरुष र पोखरा -११ का ६० वर्षीय पुरुष रहेका छन् ।

आज थपिएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारणमा ज्यान गुमाउनेको संख्या १५४ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ