कोरोना संक्रमणबाट मणिपाल हस्पिटलमा पोखरा १३ की महिलाको निधन

कोरोना संक्रमणबाट मणिपाल हस्पिटलमा पोखरा १३ की महिलाको निधन

Manipal Hospital

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो जानकारी अनुसार कोरोनाबाट पछिल्लो पटक ज्यान गुमाउनेमा पोखरा १३ की ७८ वर्षीय महिला हुन् ।

उनको उपचारका क्रममा आज दिउँसो साढे १ बजे मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनलाई मंसिर १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संखया १ सय ५९ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ