गण्डकी प्रदेश सरकारले हालसम्म ३१ वटा मात्र भेन्टिलेटरको जोडजाम गर्न सकेको छ । उसको लक्ष्य ३१ वटा भेन्टिलेटर किन्नु थियो, त्यसका लागि बजेट विनियोजन पनि गर्यो । तर, १८ वटा खरिद गर्न अझै सकेको छैन । प्रदेशभर सरकारी तथा निजीमा गरेर ६२ वटा भेन्टिलेटर रहेको प्रदेश सरकार बताउँछ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड उपचार केन्द्रमा २ वटामात्र भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ । भेन्टिलेटर र आईसीयू नभएको भन्दै अस्पतालले भर्ना नै नलिँदा पछिल्लो समय स्याङ्जाकी धनमाया गुरुङ र कास्की अन्नपूर्णका राजेश कार्कीले ज्यान गुमाइसकेका छन् ।
पोखरामा अब भेन्टिलेटरको अभाव हुन नदिन निजी क्षेत्रले अभियानै थालेको छ । नेपाल भेन्टिलेटर सोसाइटी कास्की गठन गरेर भेन्टिलेटर जुटाउने अभियान थालिएको अध्यक्ष विश्वशंकर पालिखेले पत्रकार सम्मेलन नै गरी जानकारी दिए ।
हालैमात्र गठन भएको भेन्टिलेटर सर्भिस कास्कीको अध्यक्षमा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे छन् भने सदस्यहरुमा डाक्टर सरोज पोखरेल, व्यवसायी विप्लव पौडेल, व्यवसायी सुनिल गोशेली र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली रहेका छन् ।
सहयोग जुट्न थाल्यो
सोसाइटीमा अहिले भेन्टिलेटर र ३ वटा न्याजलफ्लो क्यानेला (शरीरमा पाइप नघुसाइ अक्सिजन दिन मिल्ने मेसिन) उपलब्ध भइसकेको अध्यक्ष पालिखेले बताए । गण्डकीमा २० वटा भेण्टिलेटरको व्यवस्थापन गर्ने साइटीका सचिव रामकृष्ण ज्ञवालीले बताए ।
समितिले ल्याएका भेन्टिलेटर ब्याकअफका रुपमा रहने र त्यसलाई आवश्यक्ता परेको बेला टोकन मनी लिएर अस्पताललाई दिईने समितिका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए । समितिले भेन्टिलेटर र एच.एफ.एन.सी.को भाडादर पनि कायम गरेको छ । ज्ञवालीका अनुसार सरकारी अस्पताललाई प्रति दिन प्रति भेन्टिलेटर १ हजार तोकिएको छ भने सामुदायिक अस्पताललाई दैनिक २ हजार र नीजि अस्पताललाई दैनिक ३ हजार तोकिएको छ । त्यस्तै एच.एफ.एन.सी.को भाडा प्रति दिन सरकारी अस्पताललाई ३ सय, सामुदायिक अस्पताललाई ५ सय र नीजि अस्पताललाई ७ सय तोकिएको ज्ञवालीले जानकारी दिए ।
स्वयम्सेवी संस्था भएपनि संस्था सञ्चालन तथा भेन्टिलेटर र एच.एफ.एन.सी.को सरसफाईसँगै कर्मचारी ब्यबस्थापनका लागि भाडा लिइएको अध्यक्ष विश्वशंकर पालिखेले बताए ।
भेण्टिलेटर सोसाइटीले विभिन्न व्यक्तिको सहयोगबाट अभियान थालेको हो । आइतबार मात्रै युवा उद्यमी मञ्च, पोखराले २ लाख, अध्यक्ष विश्वशंकर पालिखेबाट १ लाख, बाराही ग्रुपको तर्फबाट विप्लव पौडेलले १ लाख, गोसली हाउसको तर्फबाट सुनीलकुमार गोसलीले १ लाख, रोटरी इण्टरनेसनल डिष्ट्रिक्ट ३९२ का निवर्तमान गभर्नर किरणलाल श्रेष्ठले १ लाखभन्दा बढी रकम दिने घोषणा गरेका छन् । यस्तै बतास ब्रदर्शका आनन्दराज बतासले एउटा भेण्टिलेटर व्यवस्था गर्ने घोषणा गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन