तनहुँ । बुल्दी पुल उद्घाटनको विषयले विवाद र झडपको रुप लिँदा पक्राउ परेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असली लोकतन्त्र कहिले मिल्छ भन्दै प्रश्न गरेका छन् ।
‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसो भन्दा साँझ दुखेर आयो,’ पौडेलले ट्विट गरेका छन्, ‘हिजो भन्दा आज दुखाइ बढी छ।’
उनले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताउँदै असली लोकतन्त्र कहिले साकार हुने हो? भन्दै प्रश्न गरेका छन्। ‘मेरो चिन्ता यसैमा छ,’ पौडेलले लेखेका छन्।

व्यास १, १० र ११ जोड्ने पक्की मोटरेबल पुल उद्घाटन गर्न जादा प्रहरीले नेता पौडेललाई तालघरेबाट पक्राउ गरेको थियो ।
पुल उपभोक्ता समिति र व्यास नगरपालिकाले उक्त पुल हिजो दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको थियो । त र नेकपा निकट राष्ट्रिय युवा संघले रोक्नुपर्ने भन्दै बुधबार बिहान मोटरसाइकल र्यालीसहित बिरोध गरेपछि पुल उद्घाटन विवाद भएको थियो ।
पुल उद्घाटन रोक्न भन्दै जिल्ला प्रशासनले सो क्षेत्रमा बुधबार १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो ।
पौडेललाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएपछि नेपाल कांग्रेसले उनलाई रिहा नगरे देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिएको थियो ।

नेता पौडेलसहित काङ्ग्रेसका अन्य नेता कार्यकर्ता बुधबार साझँ नै रिहा भएका छ्न । त्यस्तै नेकपा निकट राष्ट्रिय युवा संघ
आज पुल उद्घाटन गर्ने नेपाली काङ्ग्रेस तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा
रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग
बाढीपीडितलाई चरक मेमोरियल अस्पतालमा उपचार निःशुल्क हुने
सिटिजन फर्निचरका कार्कीले विपद् राहतका लागि प्रधानमन्त्री कोषमा दिए १,११,१११
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो