बिहे गर्न अब ‘पञ्चेबाजा’ एपबाटै खोज्न सकिनेछ दुलाहा दुलही

बिहे गर्न अब ‘पञ्चेबाजा’ एपबाटै खोज्न सकिनेछ दुलाहा दुलही

bihe marriage

विवाहका लागि अब लमीको आवश्यक पर्दैन । कुनै पण्डितलाई खोजिदिनुपर्ने भो बाजे भन्न पनि पर्दैन । प्रेम विवाह आफै भइहाल्छ । यदि खोजेरै बिहे गर्ने हो भने मोबाइल चलाएरै आफ्ना लागि मिल्ने वर वा वधू खोज्न सकिनेछ ।

हाफफूल टेक्नोलोजीले बिवाहका लागि केटा वा केटी खोज्न सहयोग होस भन्ने हेतुले ‘पञ्चेबाजा’ एप ल्याएको छ । यस एपबाट कस्तो वर वा वधू खोज्न चाहानु भएको सोहीअनुसार खोज्न सक्नुहुनेछ । विश्वमा यस प्रकारका धेरै एपहरु प्रयोग हुने गरेका छन् । नेपालमा पनि केहि अमेरिकन डेटिङ एप टिन्डर, भारतीय एप साथी लगायतका एपहरु प्रयोग हुने गरेका छन् । यस एपबाट भने डेटिङमात्रै होइन, जीवन साथी नै खोज्न सकिने छ ।

प्रयोग गर्ने तरिका: 

एन्ड्रोइड मोवाइल र आइफोन दुबैमा यो एप उपलब्ध छ । प्लेस्टोर वा एप स्टोरमा गएर ‘पञ्चेबाजा’ एप डाउनलोड गरिसकेपछि तपाईले आफ्नो प्रोफाइल बनाउन सक्नु हुनेछ । तस्वीरसहितको प्रोफाइल बनाएपछि तपाईले चाहेको पार्टनर जुन समुदायको, कति शैक्षिक योग्यता भएको र जागिरे वा विदेशको पीआर भएको कस्तो चाहानुहुन्छ त्यो सूचनाहरु पनि उल्लेख गर्नुपर्नेछ ।

फेक प्रोफाइल नबोस भनेर अरु फोटो पछि सेल्फी फोटो पनि एपले अपलोड गर्नुस् भन्नेछ । सेल्फी र अन्य फोटो मिलेन भने एपले ‘रातो’ संकेत गर्नेछ । जसलाई शंस्कास्पद मान्न सकिनेछ । सेल्फी’ र अन्य तस्वीरहरु मिलेको अवस्थामा भने यो फेक होइन भनेर ‘हरियो’ चिन्ह देखिनेछ । झुक्याउनका लागि प्रोफाइल बनाउनबाट यसले रोक्नछ । भविष्यमा अझ धेरै सुरक्षा सतर्कता बनाउने कम्पनीको तयारीछ ।

प्रोफाइल बनिसकेपछि तपाईंले चाहेको सम्भावित को-को हुनुहुन्छ, उनीहरुलाई देखाउनेछ । अहिले एपमा मात्रै रहेको र केहि महिनाभित्रै यसलाई वेवमा पनि उपलब्ध गराउने कम्पनीको तयारी छ ।

डाउनलोडका लागि

गुगल प्ले: https://bit.ly/3kffe1Z 
एपल स्टोर:  https://apple.co/35iSBUl

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ