पोखरा नुडल्ससहित पाँच वटा उद्योग तथा फर्मविरुद्ध न्यून गुणस्तर तथा दूषित खाद्य उत्पादन गरी बिक्री गरेको आरोपमा मुद्दा दायर भएको छ ।
पोखरा–१७ कास्की स्थित पोखरा नुडल्स प्रालि, बुद्धभूमि–९ कपिलवस्तुको महालक्ष्मी डेरी उद्योग, रामग्राम–५ नलवपरासीको रिद्धिसिद्धि मिष्ठान भण्डार, बर्दघाट–४ नवलपरासीको शिवशक्ति सस उद्योग र पाल्हीनन्दन–३ विलासपुर, नवलपरासीको शितल जल पानी उद्योग विरुद्ध मुद्दा दायर भएको हो । खाद्य स्वच्छताविरुद्ध काम गरेको आरोप उनीहरुमाथि छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा यी उद्योग तथा फर्मलाई सम्बन्धित जिल्ला अदालत तथा प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट चार र पोखरा कार्यालयबाट एक गरी पाँचजना उद्योगी व्यापारी उपर खाद्य ऐन २०२३ अनुसार मुद्दा दायर गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले बताएका छन् ।
चार महिनाको अवधिमा ७ सय १६ खाद्य नमुना र ३१ दाना नमुना गरी ७ सय ४७ नमुना परीक्षण गरिएकोमा १३ वटा खाद्य नमुना तोकिएको मापदण्ड विपरित पाइएकोले आवश्यक कारबाही अगाडि बढाइएको हो ।
दाहालका अनुसार कतिपय उद्योगहरुले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने र क्यान्सर रोगको कारक हुने गरी हानिकारक केमिकल प्रयोग गरेर चुकको नाममा कृत्रिम अम्लीय पदार्थ उत्पादन गरेका, कतिपयले प्याकेजिङमा गलत विवरण लेखेर उपभोक्तालाई झुक्काएका र कतिपय उद्योगले अति न्यून गुणस्तरका सामान उत्पादन र बिक्री गरेको पाइएको छ ।
कार्यालयको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ जिल्ला र लुम्बिनी प्रदेशका छ जिल्ला गरी १७ जिल्ला रहेकाले जनशक्ति र साधन स्रोत ज्यादै न्यून हुँदा अनुगमन प्रभावकारी हुन सकेको छैन ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन