प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक

lalbabufacebook1607055716

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको हो ।

यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ । प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ । मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको छ ।

प्रदेश १ को धरानबाट यो पेज ह्याक भएको पाइएको छ । थप अनुसन्धान साइबर क्राइमको टोलीले शुरु गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ