लागुऔषध मुद्धामा फरार कुश्मा बस्ने बाग्लुङका गोकुल पक्राउ

लागुऔषध मुद्धामा फरार कुश्मा बस्ने बाग्लुङका गोकुल पक्राउ

gokul

पोखरा । लागुऔषध मुद्धामा साढे २ वर्षदेखि फरार रहेका एक युवक पक्राउ परेका छन् ।

कास्की जिल्ला अदालतको २०७५ असार २७ गतेको फैसलाले लागूऔषध मुद्धामा दुई बर्ष कैद सजाय र एक लाख जरिवाना तोकी हालसम्म फरार रहेका जिल्ला बाग्लुङ ढोरपाटन घर भई हाल जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं.१ डेरा गरी बस्ने बर्ष २४ को गोकुल गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाटखटिई गएको प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरिएको छ ।

साथै, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले कास्की जिल्ला अदालतको फैसलाले लागूऔषध मुद्धामा १ महिना कैद र एक हजार जरिवाना तोकी फरार रहेका म्याग्दी, भकिम्ले न.पा., वडा नं. ३ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३ बस्ने बर्ष २८ को गणेश भन्ने खगराज पुन समेत पक्राउ गरी कास्की जिल्ला अदालतमा बुझाईएको प्रवक्ता एवं सूचना अधिकारी प्र.ना.उ.सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ