कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुरलगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटनलगायतका स्थानमा भने अझै फल्दै गरेको छ ।
विगतका वर्षमा यी स्थानामा पहेँलपुर देखिने सुन्तला यस वर्षका लागि भने गत फागुन महिनामा फूल फुल्ने क्रममै असिनाले झारेपछि उत्पादनमा कमी आएको हो । सुन्तालाको कारण बर्सेनि राम्रो आम्दानी गर्दै आएका यहाँका किसान यस वर्ष भने उत्पादन घटेपछि चिन्तित बनेका छन् ।
अघिल्लो वर्ष सुन्तलाबाटै आठ लाख आम्दानी गरेका पोखरा महानगरपालिका-२१ फेदीपाटनका कृषक प्रकाश पौडल यस वर्ष भने उत्पादनमा कमी भई मुस्किलले एक लाख मात्रै आम्दानी गर्ने अवस्थामा पुगेको बताउँछन् ।
“असिनाले बोटमा फूलमात्र नभई अन्य क्षति पनि पुर्याएको थियो”, उनले भने, “यस वर्ष त्यस्तै भयो, अर्को वर्ष सुन्तला जोगिने आशमा छौँ ।” पौडेलले ४० रोपनी जग्गामा ६०० बोट सुन्तला लगाएका छन् । आफ्नो बुबाको पालामा चार दशकअघिदेखि सुन्तला खेती गर्दै आएको जानकारी दिँदै पौडेलले यस अवधिमा पहिलोपटक यति कम मात्रामा सुन्तला उत्पादन भएको बताए ।
धान फल्ने खेतमा सुन्तला लगाइएको बताउँदै उहाँले यस वर्ष सुन्तला पनि उत्पादन नहुँदा दैनिक जीविकोपार्जनमा समस्या आएको उल्लेख गरे । क्षतिका सम्बन्धमा कृषि ज्ञान केन्द्रमा जानकारी गराएको भन्दै पौडेलले क्षतिका आधारमा राज्यबाट कृषकले क्षतिपूर्ति पाउने अपेक्षा गरेको बताए ।
पौडेलजस्तै निर्मलपोखरी खरच्याङका अर्का सुन्तला कृषक टीकाराम भण्डारीको पनि उस्तै गुनासो छ । असिनाले फूल फुल्ने क्रममा नै झारेपछि यस वर्ष सुन्तलाबाट विगतमा जस्तो आम्दानी गर्न नसकिएको उनको भनाइ छ । अघिल्लो वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर रु तीन लाख आम्दानी गरेको बताउँदै उनले भन्नुभयो, “यस वर्ष मुस्किलले रु ९० हजार मात्र आम्दानी भएको छ ।”
“भएका सुन्तलाका दाना पनि साना छन्, विगतमा जस्तो मिठो पनि छैन”, उनले भने, “कतै रोग लागेर समस्या छ, बचेका ठाउँमा पनि असिनाजन्य प्रकोपले समस्या पारेको छ ।” उत्तर तर्फबाट आएको असिनाले प्रत्येक रुखको उपल्लो भागमा पूर्णरूपमा क्षति बनाए पनि दक्षिणततर्फ तल्लो भागमा बचेखुचेका सुन्तलाले अलिअलि भने पनि आम्दानी भएको कृषक बताउँछन् ।
अन्य बालीमा असिनाले पारेको क्षति तत्काल देखिए पनि सुन्तलालगायतका फलफूलमा भने फल पाक्ने बेलामा मात्रै क्षतिको यकिन हुने भण्डारीले जानकारी दिए । त्यस्तै अर्का कृषक नारायण पौडेल पनि यस वर्ष सुन्तलामा असिनाले ठूलै क्षति पुर्याएको बताउँछन् ।
उनका अनुसार अघिल्लो वर्ष बाँदरबाट सुन्तला जोगाउन हम्मेहम्मे परेको थियो, अहिले असिनाले मारमा परेको छ । पौडेलले अघिल्लो वर्ष सुन्तलाबाटै तीन लाख आम्दानी गरेका थिए । कृषकको पीडालाई राज्यले बुझ्न नसकेको बताउँदै कृषकले क्षतिका आधारमा उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सामूहिक धारणा राखेका छन् ।
सम्बन्धित समाचार:
http://gandaknews.com/2017/10/24/1751/
सुन्तलाका बोट मरेपछि सुक्यो आम्दानी: पेशा नै परिवर्तन गर्न बाध्य तनहुँका किसान (फोटो फिचर)
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा