गण्डकी प्रदेशको सबैभन्दा ठूलोे सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० श्ययाको आकस्मिक कक्ष (इर्मजेन्सी ब्लक) निर्माण गरिने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा हाल सञ्चालित २५ श्ययाको आकस्मिक कक्षको स्तरवृद्धि गरी ५० श्ययाको छुट्टै ब्लक निर्माण गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आकस्मिक कक्ष निर्माणका लागि रु नौ करोड बजेट अख्तियारी प्राप्त भएकाले निर्माण प्रक्रिया शुरु गरिएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । भवन निर्माणका लागि बजेट तथा डिजाइन तयार भइसकेकाले यही महिनाभित्रमै बोलपत्र आह्वान गरिने अस्पतालले जनाएको छ । अब निर्माण हुने आकस्मिक कक्ष सुविधासम्पन्न हुने बताइन्छ ।
“हालको इर्मजेन्सी ब्लक ‘इर्मजेन्सी डेडिकेटेड’ छैन, ठाउँ समेत साँघुरो छ।” निर्देशक आचार्यले भने, “इर्मजेन्सी ब्लकमै शल्यक्रिया, एक्सरे, प्रयोगशाला,फार्मेसी सहितको सुविधा सम्पन्न डेडिकेटेड ब्लक निर्माण गछौँ।”
अस्पतालले चार तलाको इर्मजेन्सी ब्लकको डिजाइन तयार गरेको छ भने चौथो तलामा हेलिप्याडको अवधारणा छ । पहिलो चरणमा भने एक तला मात्र हुनेछ । अस्पतालले सोही ब्लकमै प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छ ।
गण्डकी प्रदेशको ‘कोभिड डेडिकेटेड अस्पताल’ समेत तोकिएको अस्पतालले कोभिड उपचार केन्द्रमा हालको १५ श्ययाको आइसीयू क्षमतालाई विस्तार गरी २५ श्यया बनाउन लागेको अस्पतालका सिनेटर सदस्य मीन गुरुङले जानकारी दिए ।
निर्माण हुने आकस्मिक कक्षको मंसिर १५ गते प्रतिनिधिसभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले शिलान्यास गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाखले सेवा लिने गरेका छन् ।
अस्पतालमा दैनिक एक हजार बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् भने २०० जनाले आकस्मिक उपचार सेवा लिने गरेको अस्पतालले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन