पर्वत फलेवासका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि

पर्वत फलेवासका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि

corona death world

पर्वत – पर्वतका एक कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाको फलेवास नगरपालिकाका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गत शुक्रबार कोरोना पोजेटिभ देखिएर उपचारका लागि अस्पताल भर्ना भएका उनको आज राति १२ :४५ बजे मृत्यु भएको हो  ।

मृतक पुरुषमा भाईरल निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

उनको मृत्यु संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds