पोखरा । पत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । पोखराको न्युरोडमा रहेको गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
गण्डकी मेडिकल कलेज (जिएमसी) का प्रिन्सिपल प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई सम्मान गरे । पौडेल रेडियो बाराही र इमेज टेलिभिजनमा आवद्ध छन् ।
जिएमसीका प्रिन्सिपल श्रेष्ठले पत्रकार जगतले निर्वाह गर्ने भूमिका महामारी, महासंकट आदि अझ बढ्ने उल्लेख गरे । उनले बिरामी खर्चकै अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन सबै पक्ष जिम्मेवारी बन्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न संघ, संस्थाले यसरी प्रदान गर्ने पुरस्कारले क्रियाशील पत्रकारमा ऊर्जा भरिने र अझ जिम्मेवार हुन प्रोत्साहन गर्ने विचार राखे ।
प्रतिभा छनोट समिति संयोजक रवीन्द्र बास्तोलाले स्वास्थ्यबारे सर्वसाधारणलाई सचेत बनाउन र यो क्षेत्र हुने कमी, कमजोरीलाई सच्याउन पत्रकारिता जगतको अहम् भूमिका रहेको बताए । करिब डेढ दशकदेखि पत्रकार पौडेलले यस्तै भूमिका निर्वाह गरिरहेकाले उनलाई पुरस्कारका लागि छनोट गरिएको जनाए । प्रतिभा छनोट समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.माधव तिवारी र इन्सेक गण्डकी प्रमुख शिव खकुरेल सदस्य थिए ।
रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेलले नागरिक पत्रकारिता मौलाउँदै गरेको यो युगमा मिडियाको दायित्व र भूमिका अझ गहन र गम्भीर भएको जनाए ।
पुरस्कृत पत्रकार प्रदीप पौडेलले पुरस्कारले आफूमा ऊर्जा थपेको र थप जिम्मेवारीबोध गराएको उल्लेख गरे । उनले कोभिड १९ संक्रमणपछि आफूले भोगेको अनुभव पनि सुनाए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले ७ वर्षको अवधिमा करिब एक सय वटा स्वास्थ्य शिविर गरी सर्वसाधारणलाई सचेतनासहित निशुल्क सेवासमेत प्रदेश गरेको उल्लेख गरे । उनले भने, ‘सामाजिक उत्तरदायित्व वहन गर्दै हामी गुणस्तरीय सेवा सर्वसाधारणसम्म पु¥याउन प्रतिवद्ध छौं ।’
प्रबन्ध निर्देशक पन्तले चाडै युआरएलले स्याङ्जाको वालिङ र लमजुङको वेशीसहरमा शाखा विस्तार गर्न लागेको जानकारीसमेत थिए । उनले गण्डकी प्रदेशभर कुनै न कुनै माध्यमले सेवा विस्तार गरी सर्वसाधारणलाई गुणस्तर सेवा दिने प्रतिवद्धता जनाए ।
कार्यक्रम सञ्चारकर्मी सन्तोष बस्यालले सञ्चालन गरेका थिए । युआरएलले स्थापना र सञ्चालन गर्ने यो पुरस्कार हरेक वर्ष गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा क्रियाशील एक पत्रकारलाई प्रदान गर्ने गरिएको छ । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) स्थापनाको आठौं वर्ष प्रवेश गरेको छ ।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला