पदभार ग्रहण गरेको सय दिनमा १० करोड डोज कोरोना खोप उपलब्ध गराउने जो बाइडनको दाबी

पदभार ग्रहण गरेको सय दिनमा १० करोड डोज कोरोना खोप उपलब्ध गराउने जो बाइडनको दाबी

Joe-biden

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड डोज कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अमेरिकी नागरिकहरुलाई उपलब्ध गराउने बताएका छन् ।

उनले आफू पदमा आएको पहिला महिना नै महामारी अन्त्य गराउन नसक्ने भए पनि उक्त महिनामा यसको अवस्थामा उल्लेख्य परिवर्तन आउने उनको भनाइ छ ।

बाइडनले जनवरीमा पदभार ग्रहण गर्ने बेलाको लागि आफ्नो स्वास्थ्य टोलीको घोषणा गर्दै उनले अमेरिकी नागरिकहरुलाई आफ्नो पहिलो एक सयदिनको कार्यकालमा मास्क लगाउन आग्रह गरेका छन् ।

मंगलबार अमेरिकामा फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपले अनुमति पाउने बाटो खुलेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकामा अहिलेसम्म एक करोड ५० लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने दुई लाख ८५ हजारभन्दा धेरैको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

पछिल्लो केही समययता अमेरिकाका विभिन्न राज्यहरुमा कोरोना संक्रमण अहिलेसम्मकै सबैभन्दा उत्कर्षमा पुगेको छ ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पनि कोरोना भाइरसको मुद्दालाई बाइडनले महत्वपूर्ण विषयको रुपम उठाएका थिए । उनले आफ्नो कार्यकालमा पहिलो प्राथमिकता यो महामारी नियन्त्रण गर्नु नै हुने बताउँदै आएका छन् ।

स्रोत : बीबीसी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds