एसके थकाली, मुस्ताङ । नेकपा पार्टी नेता तथा कार्यकर्ता र शुभेच्छुकको जोडबलमा गण्डकी प्रदेश अन्तर्गत हिमाली जिल्ला मुस्ताङको घरपझोङ र कास्कीको माछापुच्छ्रे गाउपालिकाका जनप्रतिनिधिबीच आज पोखरामा विवाह भएको छ ।
घरपझोङ उपाध्यक्ष शर्मिला गुरुङ र माछापुच्छ्रे गापा कास्कीका अध्यक्ष कर्णबहादुर गुरुङबिच भएको हो । यी दुई जोडिको बिहिबार परम्परागत खिमी बसाली लगनगाँठो कसिएको हो । उपाध्यक्ष गुरुङ घरपझोङ ४ जोमसोम निवासी हुन भने अध्यक्ष गुरुङ माछापुच्छ्रे गाउपालिका १ टुसे निवासी हुन ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संघीय खेलकुद मन्त्री जगत विश्वकर्मादेखि प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, स्थानिय नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्त विवाहमा उपस्थित भएका छन् ।

यी दुई अध्यक्ष उपाध्यक्षको चिनापर्ची दशकौं लामो रहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिमा लामो समय काम गर्दै आएका यी दुई जनप्रतिनिधि जोडी साविक नेकपा एमाले समर्थित कार्यकर्ता र अन्तर जिल्ला स्थानीय तहका जनप्रतिनिधि भएपछि सामिप्यता थप प्रगाढ बनेको अध्यक्ष कर्ण बहादुर गुरुङले बताए । मुस्ताङ घरपझोङकी उपाध्यक्ष पुर्व शिक्षिका र विभिन्न सरकारी तथा गैरसरकारी सस्थामा आवद्द थिईन् ।
आफूहरुबीच प्रेमसम्वन्ध नभई नेकपा नेता तथा कार्यकर्ताको सुझाब, सल्लाह र शुभेच्क्षाका कारण दुबैको सहमतिमा पारिवारिक रुपमा कुरा राखेर एक सातामै मागी विवाह गर्ने निर्णय भएको अध्यक्ष गुरुङले उल्लेख गरे । यसअघि नजिकको चिनजान भएपनि मायाप्रेमको सम्बन्ध कहिल्यै नभएको अध्यक्ष गुरुङको भनाई छ । ‘हामी आपसमा नजिकको चिनजान थियो । लभ भने थिएन ।’ अध्यक्ष गुरुङले भने ‘कार्यकर्ताले जोडी मिलेको छ, बिवाह गर्नुपर्छ भने अनि छोटो समयमा बिवाहको निर्णय भयो ।’
२०४६ सालको जनआन्दोलनपछि सँगै बिद्यार्थी राजनीति सुरु गरेका उपाध्यक्ष गुरुङ र अध्यक्ष गुरुङ दुबै पूर्व एमाले कार्यकर्ता हुन् । यस्तै, मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाकी उपाध्यक्ष ढोका गुरुङ पनि बैवाहिक सम्वन्धमा बाँधिएकी छिन् । मुस्ताङका ३ स्थानिय तहका उपाध्यक्ष तीन जनानै अविवाहित थिए । उनीहरु मध्ये २ जनाको यस वर्ष विवाह भएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु