गाउँपालिका अध्यक्ष र उपाध्यक्षको बिहे, संघीय मन्त्रीदेखि प्रदेश मुख्यमन्त्री, मन्त्रीहरु उपस्थित

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको बिहे, संघीय मन्त्रीदेखि प्रदेश मुख्यमन्त्री, मन्त्रीहरु उपस्थित

Sharmila Karna

एसके थकाली, मुस्ताङ । नेकपा पार्टी नेता तथा कार्यकर्ता र शुभेच्छुकको जोडबलमा गण्डकी प्रदेश अन्तर्गत हिमाली जिल्ला मुस्ताङको घरपझोङ र कास्कीको माछापुच्छ्रे गाउपालिकाका जनप्रतिनिधिबीच आज पोखरामा विवाह भएको छ ।

घरपझोङ उपाध्यक्ष शर्मिला गुरुङ र माछापुच्छ्रे गापा कास्कीका अध्यक्ष कर्णबहादुर गुरुङबिच भएको हो । यी दुई जोडिको बिहिबार परम्परागत खिमी बसाली लगनगाँठो कसिएको हो । उपाध्यक्ष गुरुङ घरपझोङ ४ जोमसोम निवासी हुन भने अध्यक्ष गुरुङ माछापुच्छ्रे गाउपालिका १ टुसे निवासी हुन ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संघीय खेलकुद मन्त्री जगत विश्वकर्मादेखि प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, स्थानिय नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्त विवाहमा उपस्थित भएका छन् ।

यी दुई अध्यक्ष उपाध्यक्षको चिनापर्ची दशकौं लामो रहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिमा लामो समय काम गर्दै आएका यी दुई जनप्रतिनिधि जोडी साविक नेकपा एमाले समर्थित कार्यकर्ता र अन्तर जिल्ला स्थानीय तहका जनप्रतिनिधि भएपछि सामिप्यता थप प्रगाढ बनेको अध्यक्ष कर्ण बहादुर गुरुङले बताए । मुस्ताङ घरपझोङकी उपाध्यक्ष पुर्व शिक्षिका र विभिन्न सरकारी तथा गैरसरकारी सस्थामा आवद्द थिईन् ।

आफूहरुबीच प्रेमसम्वन्ध नभई नेकपा नेता तथा कार्यकर्ताको सुझाब, सल्लाह र शुभेच्क्षाका कारण दुबैको सहमतिमा पारिवारिक रुपमा कुरा राखेर एक सातामै मागी विवाह गर्ने निर्णय भएको अध्यक्ष गुरुङले उल्लेख गरे । यसअघि नजिकको चिनजान भएपनि मायाप्रेमको सम्बन्ध कहिल्यै नभएको अध्यक्ष गुरुङको भनाई छ । ‘हामी आपसमा नजिकको चिनजान थियो । लभ भने थिएन ।’ अध्यक्ष गुरुङले भने ‘कार्यकर्ताले जोडी मिलेको छ, बिवाह गर्नुपर्छ भने अनि छोटो समयमा बिवाहको निर्णय भयो ।’

२०४६ सालको जनआन्दोलनपछि सँगै बिद्यार्थी राजनीति सुरु गरेका उपाध्यक्ष गुरुङ र अध्यक्ष गुरुङ दुबै पूर्व एमाले कार्यकर्ता हुन् । यस्तै, मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाकी उपाध्यक्ष ढोका गुरुङ पनि बैवाहिक सम्वन्धमा बाँधिएकी छिन् । मुस्ताङका ३ स्थानिय तहका उपाध्यक्ष तीन जनानै अविवाहित थिए । उनीहरु मध्ये २ जनाको यस वर्ष विवाह भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ