पोखरा – १३१ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेटले ३ विकेट गुमाउँदै सांग्रिला क्रिकेट क्लबमाथि सात विकेटको जित दर्ता गरेको छ ।
टस जितेर व्याटिङ गरेको सांग्रिला क्रिकेट क्लबले ३६ ओभर खेल्दै १३० रनको योगफल तयार पारेको थियो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा दशौं नम्बरमा व्याटिङ गर्न आएका सन्तोष शर्माले उत्कृष्ट व्याटिङ गर्दै ४५ रन जोडेपछि सांग्रिला क्रिकेट क्लबले १३० रनको सामान्य योगफल तयार पारेको थियो । कप्तान विधान श्रेष्ठले ६३ बल खेल्दै २७ रन जोडे ।
दशौं नम्बरमा आएका सन्तोष शर्माले ४२ बल खेल्दै ४५ रन बनाए । अर्धशतक नजिक पुगेका शर्मा सुवास भण्डारीले बोल्ड गरेपछि सांग्रिला १३० रन बनाउँदा सबै विकेट गुमाएको थियो । शर्माले तीन चौका र तीन छक्का स्कोर कार्डमा चढाए । ऋषिकेश पौडेल र सुवास भण्डारीले समान ३÷३ विकेट लिएका थिए ।
दोस्रो इनिङ शुरु गरेको पोखरा क्रिकेट क्लबले तीन विकेटको क्षतिमा लक्ष्य पुरा गर्न ३४.१ ओभर खेल्यो । गोविन्द्य प्रधान २९ रनमा नटआउट रहे । उनीसँगे कार्कीले पनि २८ रन नटआउट खेल्दै जितको हकदार बनाए । मुस्कान थापाले ३१ रनको महत्वपूर्ण योगदान दिएपछि पोखरा क्रिकेट क्लबलाई केही सहज हुन पुग्यो । विकास अधिकारीले २२ रन र अनिल गुरुङले १२ रन मात्रै बनाउँदै आउट भए । सन्तोष न्यौपाने र सन्तोष शर्माले समान १÷१ विकेट लिएका थिए । आईतबारको खेल राईजिङ पोखरा क्रिकेट क्लबले कास्की क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
खेलाडी घाईते
सांग्रिला क्रिकेट क्लबका खेलाडी सन्तोष न्यौपाने फिल्डिङ गर्ने क्रममा घाईते भएका छन् । पोखरा क्रिकेट क्लब विरुद्ध फिल्डिङ गर्ने क्रममा उनी घाईते भएका हुन् । उनको कास्की सेवा हस्टिपलमा उपचार भईरहेको छ । उनको देब्रे खुट्टा भाँचिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । डिप मिड विकेटमा बाउण्ड्री जोगाउन बल रोक्ने प्रयास गर्दा खुट्टा भाँचिएको हो ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु