पोखरा – बुधबार कास्कीका ३८ सहित गण्डकीका थप ६१ जनामा कोरोना पुष्टि भएको छ ।
आज गण्डकीका २७८ जनाको स्वाब परीक्षण गरिएकोमा थप ६१ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आज थपिएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ३८ जना, तनहुँमा ६ जना, गोरखामा ७ जना, लमजुङमा ५ जना, स्याङ्गजामा ३ जना, पर्वतमा १ जना र बाग्लुङ जिल्लाका थप १ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार ५ सय ८३ जना पुगेको छ भने, प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ३७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या ११ हजार ७ सय ६५ पुगेको छ ।
बुधबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु पोखरा महानगरपालिका वडा नं -१२ निवासी ८४ वर्षीय वृद्ध र पोखरा -१ का ७६ वर्षीय वृद्ध रहेका छन् ।
आज थप भएका दुई मृतक संगै गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८४ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।



सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ