काठमाण्डौ – कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपनि २०७८ सालको असार मसान्तसम्ममा कालोसूचिमा पर्नबाट रोकिने भएको छ ।
राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका ऋणीको ६ महिनाभन्दा बढीको ब्याज बक्यौक्ता नरहेको अवस्थामा धितो लिलामी प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन गरेको छ । राष्ट्र बैंकले गरेको यो नयाँ व्यवस्थाले कोभिड प्रभावित व्यवसायीको धितोलिलाम प्रक्रिया रोकिने छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामा गरेको व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले यस अघि जारी गरेको एकीकृत निर्देशिका २०७७ संशोधन गरेर यस्तो निर्देशन गरेको हो । कोभिड–१९ बाट प्रभावित ऋणीको हकमा ६ महिना वा सो भन्दा कम अवधिको ब्याज बक्यौता रहेको अवस्थामा कालोसूचीमा समावेश गर्ने प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नु पर्ने उल्लेख छ ।
साथै, यस प्रयोजनका लागि, कोभिड–१९ बाट प्रभावित ऋणीले आफ्नो उद्योग व्यवसाय तथा आयसोतबाट सम्पूर्ण किस्ता भुक्तान गर्न नसकि ब्याज बक्यौतामात्र चुक्ता गर्न चाहेमा सोको विवरण तथा विस्तृत जानकारी लिखित रुपमा माग गरी बैंक तथा वित्तीय संस्थाले किस्ताको ब्याज मात्र असूल उपर गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।
सम्बन्धित खबर
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन