नेपालका सन्तोष ‘मास्टरशेफ यूके’को उत्कृष्ट तीनमा सीमित

नेपालका सन्तोष ‘मास्टरशेफ यूके’को उत्कृष्ट तीनमा सीमित

santosh shah

काठमाण्डौ – संयूक्त अधिराज्यको ‘मास्टरशेफ यूके’मा सहभागी नेपाली शेफ सन्तोष शाह उत्कृष्ट तीनमै सिमित भएका छन्।

पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरशेफ यूके’मा नेपाली शेफ सन्तोष शाहले “उत्कृष्ट तीन”मै चित्त बुझाउनु परेको छ।

उनले उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको र नेपाल र नेपाली खानाको जित भएको बताए । केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताए।

सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ”ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।”

यूकेका २५ वर्षीय एलेक्स वेब विजेता घोषित भएका छन्। बीबीसी

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds