टिकटक भिडियो खिच्ने क्रममा दाङका युवक पुलबाट खसे

टिकटक भिडियो खिच्ने क्रममा दाङका युवक पुलबाट खसे

Dang Tiktok

दाङमा झोलुंगे पुलबाट खस्दा एक जना गम्भिर घाईते भएका छन् । शनिबार दिउँसो बबई गाउँपालिका–५ पुरन्धारा झरना क्षेत्रमा घुम्न गएका एक जना युवा झोलुंगे पुलबाट खस्दा घाईते भएको प्रहरीले जनाएको छ ।

झुलुंगे पुलमा टिकटक भिडियो बनाउने क्रममा झोलुंगे पुलबाट खस्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds