पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) को अध्यक्षमा मोती भुजेल चयन भएका छन् । पोखरामा शनिबार भएको पोयुसापको ४० औं साधारण सभा तथा अधिवेशनले भुजेलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । निवर्तमान कोषाध्यक्ष भुजेलले कथा, कविता र गजलहरु लेख्ने गर्छन् । निरन्तर ८ कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका भुजेल अहिले अध्यक्षमा निर्वाचित भएका हुन् ।
पोयुसांपको अधिवेशनले उपाध्यक्षमा उपेन्द्र पौडेललाई दोहोर्याएको छ भने सचिवमा डा.चैतन्य अधिकारीलाई चयन गरेको छ । समितिको सहसचिवमा शिव त्रिपाठी तथा निवर्तमान सचिव अर्जुन अधिकारी कोषाध्यक्षमा चयन भएका छन् । १३ सदस्य कार्यसमितिमा सदस्यहरुमा प्रकाश पोखरेली, दीपेन्द्र थापा, लिली अधिकारी, तीर्थ गुरुङ र सुदर्शन पौडेल चयन भएका छन् ।
साहित्य संयोजकमा रीता अधिकारी र कला संयोजकमा हेमकान्ती गुरुङ चयन भएका छन् । उनीहरु यसअघि पनि यही समितिका संयोजक थिए । संगीत संयोजकमा एमडी काफ्ले चयन भए । २०३५ सालमा स्थापित पोयुसांपले कला, साहित्य र संगीतको उन्नयन र प्रवद्र्धनका लागि विविध गतिविधि गर्ने गर्दछ ।

यसअघि साधारणसभालाई सम्बोधन गर्दै परिवारका सल्लाहकार एंव कवि तीर्थ श्रेष्ठले ४३ वर्षसम्म संस्था अनवरत रुपमा चल्नु आफैमा उदाहरणीय भएको बताएका छन् । कला, संगीत र साहित्यको क्षेत्रमा परिवारले उल्लेखनिय काम गरेको उनको भनाई थियो । गण्डकी साहित्य महोत्सव, अम्बर गुरुङ संगीत पुरस्कारको स्थापना लगायतका कार्यक्रमको आयोजना गरी पोखरेली युवा सांस्कृतिक परिवारले वाङमयको क्षेत्रमा आफूलाई अब्बल बनाएको उनले बताए । संस्थालाई माथि उठाउन साधारण सभा र अधिवेशनमा शुभकामना मन्तव्य दिएर मात्रै नहुने, काम गरेर देखाउनुपर्ने तर्क उनको थियो ।
कार्यक्रमममा प्राज्ञ रमेश श्रेष्ठले पोखरेली युवा सांस्कृतिक परिवार कलाकार, कवि उत्पादन गर्ने कारखाना भएको बताए । आफू सोहि संस्थाको उत्पादन भएको उल्लेख गर्दै श्रेष्ठले पोखरेली साहित्य, संगीत र कलाको क्षेत्रलाई उजागर गर्न संस्थाको महत्वपूर्ण योगदान रहेको बताए ।
ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बुद्धि गुरुङले पोखरामा मात्रै नभई नेपालमै पोखरेली युवा सांस्कृतिक परिवारलाई हेर्ने नजर नै फरक भएको बताएका छन् । उनले भनेका छन्, ‘पोखरेली युवा सांस्कृतिक परिवार पोखरामा मात्र नभई नेपालमा उदाहरणीय छ । नेपालका कुनै पनि साहित्य कार्यक्रममा सहभागी हुँदा संस्थाको नाम सुन्न पाउँदा खुशी लाग्छ । यो सबैको सहकार्य र साथले संस्थाले पाएको सम्मान हो ।’
निर्वाचित हुँदै अध्यक्ष मोती भूजेलले संस्थाको गरिमालाई जोगाउन आफ्नो कार्यकालमा सबैको साथ सहयोगले पूराना कार्यक्रमको निरन्तरता सँगै केही नयाँ योजना ल्याउने प्रतिबद्धता जनाए । कार्यक्रममा पूर्व अध्यक्ष प्रकाश घिमिरे, सरस्वती प्रतिक्षा, जीवनसागर भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
निर्वतमान अध्यक्ष प्रकाश ज्ञवालीले आफ्नो कार्यकालमा साथ दिने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागीलाई स्वागत उपाध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए भने सचिवको प्रतिवेदनलाई अर्जुन अधिकारीले प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा