पोखरा – गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नवलपुरले तनहुँलाई ३७ रनले पराजित गरेको छ । टस जितेरव्याटिङ्ग गरेको नवलपुरले निर्धारित ५० ओभरको खेलमा ४४.१ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको थियो ।
नवलपुरको तर्फबाट मन्जिल न्यौपानेले ३५, सनम बुढाथोकीले २३ तथा सन्देश बस्नेतले २० रनको पारी खेले ।तनहुँको बलिङ्गतर्फ राजु गुरुङ्ग, सुशिल गिरी र कुरुण सिरमलाले समान २-२ विकेट लिए । विनय भण्डारी र सचिन अधिकारीको हातमा १÷१ विकेट परेको थियो ।
जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको तनुहँले सम्पूर्ण विकेट गुमाउनु अघि १ सय ३१ रन मात्रै जोड्न सक्यो । तनहुँको ब्याटिङ्गमा समिर कँडेलले ६७ रनको महत्वपूर्ण पारि खेलेपनि उनलाई साथ दिने व्याट्स्म्यान नहुँदा पहिलो खेलमा जित निकालेको तनुहँले पराजय भोग्नुप¥यो । नवलपुरका विज्ञान गौतमले ३, राहुल शर्माले २ तथा विवेक दराई र कमल परियारले १-१ विकेट लिए ।
खेलमा महत्वपूर्ण ३ विकेट लिन सफल नवलपुरका विज्ञान गौतम म्यान अफ द म्याच भए । प्रतियोेगिता अन्तर्गत सोमबार स्याङ्गजा र नवलपुरविच प्रतिस्पर्धा हुने छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?