नेकपामा प्रचण्ड-नेपालसँग बहुमत सांसद, ८७ जना संसद पुनर्बहालीको माग गर्दै सर्वोच्च जाँदै

नेकपामा प्रचण्ड-नेपालसँग बहुमत सांसद, ८७ जना संसद पुनर्बहालीको माग गर्दै सर्वोच्च जाँदै

Prachanda-Madhav-Nepal

संसद विघटन असंवैधानिक भएको भन्दै सत्तारुढ दलकै सांसदहरु सर्वोच्च जाने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहका ८७ सांसद् प्रतिनिधि सभा पुनर्बहालीकाे माग गर्दै सर्वाेच्च जाने भएका हुन्।

संसदीय दलमै अल्पमतमा परेपछि पद जाने निश्चित भएपछि प्रधानमन्त्रीको हिजोको कदम अघि बढेको प्रमाणित भएको छ । प्रतिनिधि सभामा हाल कायम नेकपाका कुल सांसदमा ८७ जनाको बहुमत पुग्छ। प्रतिनिधि सभामा नेकपाका १७४ सांसदमा एक जनाको मृत्यु भएको छ। सभामुखलाई पक्षम विपक्षमा मताधिकार हुँदैन।

प्रचण्ड नेपाल पक्षमा बहुमत सांसद रहेपछि नेकपाको संस्थापन पक्ष प्रचण्ड नेपाल पक्ष नै हुने भएको छ । ओलीले सत्ताको शक्ति प्रयोग नगरे सूर्य चिन्ह ओलीमा नजाने भएको छ ।

पुनर्बहालीकाे माग गर्दै सर्वोच्चमा रिट दायर गर्न लागिएको नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताईन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds