पोखराको पृथ्वीचोकमा दुर्घटनाः दुई ठूला गाडीको चेपुवामा स्कुटर पर्दा … (तस्वीरहरु)

पोखराको पृथ्वीचोकमा दुर्घटनाः दुई ठूला गाडीको चेपुवामा स्कुटर पर्दा … (तस्वीरहरु)

kdasfmlk;

तस्वीरः सुदर्शन रञ्जित

पोखराको पृथ्वीचोक सडकमा ठूलो दुर्घटना हुनबाट टरेको छ । यद्यपी, स्कुटर भने क्षतिग्रस्त छ । पौने २ बजेतिरको समयमा चाइनापुलबाट पृथ्वीचोकतर्फ आइरहेको दुई सवारीको बीचमा स्कुटर, चालक पुरुष र महिला परेका हुन् ।

प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीका अनुसार तीनै सवारी एकै दिशाबाट आउने क्रममा दुई ठूला गाडीको बीचमा ग १७ प ५३३६ नम्बरको हिरो ड्यास स्कुटर परेको थियो । दुई ठूला गाडीको बीचमा परेपछि स्कुटर चालक आत्तिए र स्कुटरको ब्रेक लगाए ।

त्यसपछि अनियन्त्रित स्कुटर बसतर्फ ढल्यो । पछाडिको टायरले स्कुटर क्षतविक्षत बनायो । भाग्यवश पोखरा खाल्टेमसिना बस्दै आएकी सोनु मानन्धर सामान्य घाइते भएपनि भाग्यवश दुवै जनाको ज्यान जोगिएको छ । ग १ ख ९५७० बसको मात्र टायरले छोएको छ भने अस्थायी नम्बर लुअअम ७०९९ अस्थायी टिप्परको टायरबाट भने जोगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको सई अधिकारीले जानकारी दिए ।

तस्वीरः सुदर्शन रञ्जित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds