गण्डकी प्रदेशले निःशुल्क सिपमूलक तालिम दिँदै, पुस २० गतेभित्र आवेदन दिईसक्नु पर्ने !

गण्डकी प्रदेशले निःशुल्क सिपमूलक तालिम दिँदै, पुस २० गतेभित्र आवेदन दिईसक्नु पर्ने !

skill

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यावसायिक तथा सीप विकास तालीम केन्द्रले विभिन्न १४ प्रकारका तालीम सञ्चालन गर्न लागेको हो ।

प्लम्बिङ, विद्युत जडान, कपाल काट्ने, मोटरसाइकल मर्मत, सिलाइ कटाइ, ब्युटीपार्लर, बुटिक डिजाइन, एड्भान्स सिलाइ कटाइ, फेसन डिजाइन, डिप्लोमा ब्युटिपार्लर, कम्प्युटर हार्डवयर, मन्टेश्वरी तालीम र मिनी ट्याक्टर मर्मतको तालिम दिइने तालिम केन्द्रले जनाएको छ । १८ वर्ष उमेर पुगेका र ४० वर्ष ननाघेकाहरु तालिममा सहभागी हुन पाउनेछन् ।

कोभिड १९ प्रभावित, वैदेशिक रोजगारीबाट फर्किएका, विपन्न, अपाङ्ग, शहीद परिवार, द्वन्द्व पीडित र एकल महिलालाई विशेष प्राथमिकता दिइने तालिम केन्द्रले जनाएको छ । तालिम लिन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति, फोटो एक प्रति र शैक्षिक योग्यताको प्रतिलिपि सहित पुस २० गतेभित्र आवेदन पेश गर्न सूचना प्रकाशन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ