पोखरा – दिपेश खत्रीले घातक बलिङ्ग गरेपछि कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको छ । गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा कास्कीले तनुहँमाथि जित निकाल्दै लिग तालिकामा थप दुई अंक जोडन सफल भयो ।
पोखरा रंगशालामा जारी खेलमा जितका लागि १ सय ५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका व्याट्म्यानहरु खत्रीको धारिलो बलिङ्ग अगाडी टिक्न नसकेपछि उनीहरुको पारी १ सय २३ रनमै समेटियो । खत्रिले आफ्नों कोटाको पुरै १० ओभर बल फाल्दा ५ मेडन सहित मात्रै ९ रन खर्चिएर ४ विकेट लिएका थिए । तनहुँको तर्फबाट समिर कँडेलले ४१ रन बनाए । कास्कीको बलिङ्गमा सुवास भण्डारीले ३ विकेट लिए ।
यसअघि टस जितेर मैदान उत्रिएको कास्कीले ४७.५ ओभर खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १ सय ५४ रन बनाएका थियो । जसमा अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङ्गले २० रन बनाएका थिए । तनुहँको बलिङ्गमा दिनेशजंग बुढामगरले ३, राजु गुरुङ्गले २ तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक एक विकेट लिएका थिए । खेलमा कास्कीका दिपेश खत्री म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ट्रफि प्रदान गरेका थिए । लिग अन्तर्गत बुधबार कास्की र नवलपुरविच अन्तिम खेल हुनेछ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’