९ वर्षका ती बालक लगातार तेश्रो वर्ष पनि युट्युबबाट सर्वाधिक कमाउने युट्युबर बनेका छन् । उनी वास्तवमा युट्युबबाटै अर्बपति बन्न सफल भएका छन् । ती बालकको नाम रायन काजी हो । उनी अमेरिकाको टेक्सासमा बस्दछन् । ९ वर्षका रायनले युट्युबमा खेलौना तथा गेमहरु अनबक्स गर्दछन् र त्यसको समीक्षा समेत गर्दछन् ।
रायनले आफ्नो युट्युब च्यानलबाटै सन् २०२० मा २ करोड ९५ लाख डलर अर्थात् झण्डै साढे ३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । साथै उनले यो वर्ष वर्ल्ड ब्राण्डेड टोए एण्ड क्लोथिङका माध्यमबाट थप २० करोड डलर कमाएका छन् ।
रायनको सबैभन्दा लोकप्रिय भिडियोको रुपमा रहेको ह्युज एग्स सरप्राइज टोय च्यालेन्ज हो । उक्त भिडियो अहिलेसम्म दुई अर्ब मानिसले हेरिसकेका छन् । रायनको उक्त भिडियो युट्युबको इतिहासमा अहिलेसम्मै सबैभन्दा धेरै हेरिएका शीर्ष ६० भिडियोमध्ये पर्दछ । हालै रायनले निकलोडिएनसँग आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने सम्झौतासमेत गरेका छन् ।
रायनले सन् २०१५ देखि युट्युबमा भिडियो बनाउन सुरु गरेका थिए । रायनलाई भिडियो बनाउने आइडिया खेलौनाको समीक्षाको भिडियो देखेसँगै फुरेको थियो । केही वर्षमै रायनको लोकप्रियता ह्वात्तै बढ्यो । रायन सन् २०१८ तथा २०१९ मा पनि युट्युबमा सबैभन्दा धेरै आम्दानी गर्ने युट्युबरको रुपमा थिए ।
रायन युट्युबमा अत्यधिक लोकप्रिय छन् । उनको लोकप्रियतालाई देखेर कैयन् कम्पनीहरु उनीसम्म पुगेका छन् र उनलाई आफ्ना कम्पनीका नयाँ खेलौनाहरु अनबक्स गर्न तथा समीक्षा गर्नका लागि थमाउँछन् । यसका लागि रायनले मोटो रकम लिन्छन् ।
–एजेन्सीको सहयोगमा















सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो