काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगायतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिएका हुन् ।
उनले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताए । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको प्रतिशतका आधारमा सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उम्मेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिए ।
त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उनले बताए ।
उनले अभ्यासलाई निरन्तरता यस पटकपछि समानुपातिकतर्फको निर्वाचन कार्यक्रम अघि बढाइएको धारणा राखे । प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ ।
निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाको अग्रता रहेको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण