काठमाडौं । आजको जमाना डिजिटल मिडियाको हो । डिजिटल मिडिया अहिलेको समयमा धेरै मानिसको आम्दानीको सबैभन्दा लोकप्रिय तथा सरल माध्यम पनि बनिरहेको छ । खास विशेषता के भने डिजिटल मिडियामा प्लाटफर्ममा आम्दानीको मामिलामा उमेरको कुनै सीमा छैन ।
बच्चादेखि लिएर बुढापाकासम्मले युट्युब जस्ता प्लाटफर्मबाट करोडौँ कमाइरहेका छन् ।एक तथ्यांक अनुसार सन् २०२० मा युट्युबबाट सर्वाधिक रकम कमाउने युट्युबरको रुपमा ९ वर्षका एक बालक बनेका छन् ।