नेकपा नेता तथा युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले प्रचण्ड–माधव समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी दिएका छन् ।
प्रचण्ड–नेपाल समुहले सूर्य चिन्हमा लोभी नजर लगाउन नहुने उनको भनाई थियो । ‘तपाईहरु सडकमा पनि जानुहुन्छ, निर्वाचन आयोगमा पनि जानुहुन्छ, अनि कसरी सूर्य चिन्हमा लोभी नजर लगाउने ?’ उनले प्रश्न गर्दै भने । उनले हिम्मत छ भने हंसिया हतौडा चुनाव चिन्ह लिन उनले चेतावनी दिएका छन् ।
ओली समूहको बृहद युवा भेलालाई सम्बोधन गर्दै धम्कीपूर्ण शैलीमा उनले भने,‘सूर्य चिह्नमा आँखा नलगाउनुस्, सूर्य चिह्नमा आँखा लगाएको युवाहरुले मन पराएका छैनन्, म अहिलेलाई यतिमात्रै भन्न चाहन्छु ।’
नेता बस्नेतले युवा संघलाई टोल टोलमा साईबर सेना बनाउन निर्देशन दिए । ‘विप्लवकोजस्तो साम्राज्यवादीबिरुद्ध भनेर व्यापारीबिरुद्ध, चन्दा असुली र आतंक फैलाउन प्रयोग गर्ने होईन, प्रविधिमैत्री भएर पाईला पाईलामा युद्ध लड्ने साईबर सेना बनाउनुस्’–उनले भने ।
पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले बिजय गच्छदार जेलको यात्रामा जाने क्रममा रहेको दाबी गरे । अख्तियारले गच्छदारलाई वाईडवडी काण्डमा जेल पठाउन लागेको उनको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीलाई कारवाही गर्न निर्देशन दिएको भन्दै अब धेरै नेता जेल जाने बताए । उनलेपनि अख्तियारलाई भ्रष्टाचारीलाई खुट्टा नकमाई कारवाही गर्न आग्रह गरे ।
प्रचण्ड–नेपाल समुहले उच्छृङ्खल तरिकाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएको उनको आरोप थियो ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो