पोखरा । गण्डकी प्रदेशका सांसद राजीव पहारीले अहिले प्रचण्ड तथा नेपाल समुह बाटो बिराएर सडकमा भड्किरहेको भन्दै व्यंग्य गरेका छन् । साविक युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका पहारीले पोखरामा भएको ओली समूहको युवा भेलालाई सम्बोधन गर्दै हिजो ३० वर्षसम्म पार्टीमा अध्यक्ष भएर बसेकाहरु सडकमा भड्किरहेको बताए ।
सरकारलाई असफल पार्न आफ्नै दल लागिपरेको भन्दै उनले आजको यो अवस्था निम्तिएको कारण नै त्यही भउको बताए । ‘इतिहासमा पहिलो पटक कालापानी, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरियो ।’ उनले भने, ‘वर्तमान सरकारले गरेको यो त ऐतिहासिक कार्य हो ।’
उनले आफ्नो चाहना पुरा नभएको भन्दै पार्टी तथा देशलाई नै कब्जा गर्न खोजिएको समेत आरोप लगाए । ‘आफ्नो चाहना पूरा गर्न पार्टी विभाजन गर्न पाइन्छ रु’ उनले प्रश्न गर्दै भने, ‘यो त आम नेपाली नागरिक र उनीहरुको भोटलाई धोका दिएको भयो ।’
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्
माइतीघरमा नाटक मञ्चन: युवा नेता पौडेल
साविक युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले माइतीघर मण्डलामा प्रचण्ड–नेपाल पक्षले सुरु गरेको आन्दोलनलाई नाटक मञ्चनको संज्ञा दिए ।उनले भने, ‘पद तथा सत्ताको लोभमा उनीहरु आन्दोलनमा गएका छन् ।’ नेता नेपालले त्यो बेला एमालेलेलाई विभिन्न समस्याबाट जोगाएको भन्नु हांस्यास्पद भएको उनको भनाई थियो ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ