बलिउड नायक अक्षय कुमारले पारिश्रमिक बढाएर १ सय ३५ करोड पुर्याए

बलिउड नायक अक्षय कुमारले पारिश्रमिक बढाएर १ सय ३५ करोड पुर्याए

Akshay kumar

एजेन्सी । बलिउडमा पछिल्लो केही वर्षदेखि नायक अक्षय कुमारको चलचित्रले घाटाको व्यापार गरेको छैन । अक्षयका चलचित्रले बक्स अफिसमा धमाका मच्चाएसँगै उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताहरु पनि बढिरहेका छन् । यतिमात्र होइन, अक्षयले आफ्नो बढ्दो मागलाई हेरेर पारिश्रमिक पनि बढाएका छन् ।

भारतीय अनलाइन बलिउड हंगामाका अनुसार अक्षयले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्याएका छन् ।

अक्षयले भारतमा लकडाउन सकिएसँगै आफ्नो पारिश्रमिक ९९ करोडबाट बढाएर १ सय ८ करोड पुर्याएका थिए । त्यसको केही समयपछि नै उनले पारिश्रमिक १ सय १७ करोड पुर्याएका थिए ।

तर, बजारमा आफ्नो चर्को माग भएपछि अक्षयले पारिश्रमिक १ सय ३५ करोड पुर्याएका हुन् । अक्षय आउँदो बर्षका लागि पूर्ण रुपमा व्यस्त छन् । उनको लाइनअपमा आधा दर्जन चलचित्र छन् । सन् २०२२ मा रिलिज हुने चलचित्रका लागि अक्षयले पारिश्रमिक १ सय ३५ करोड पुर्याएका हुन् ।

अक्षय घरमा रहँदा पनि चलचित्रको स्क्रिप्ट नै सुन्ने गर्छन् । अक्षयले काम गर्ने चलचित्रको बजेट महंगो हुँदैन । उनले काम गर्ने अधिकांश चलचित्रको बजेट ३५ देखि ४५ करोडको हारहारीमा हुने गर्छन् । यसैले, निर्माताले चलचित्र रिलिज गर्दा ६० देखि ६५ करोड खर्चमा गर्न सक्ने अवस्था छ ।

अक्षयका चलचित्रले हलबाट १ सय करोड भन्दा बढी कमाउने गरेका छन् । उनका चलचित्रको टेलिभिजन राइट्स ९० करोडमाथि विक्री भैरहेका छन् । समग्रमा उनको चलचित्रले २ सय करोड भन्दा माथि कमाउने गरेका छन् । अक्षयको पारिश्रमिक सहित निर्माताले १ सय ८० देखि १ सय ९० करोडमा चलचित्र बनाउन सक्छन् । यसैले पनि निर्माताका लागि ठूलो घाटा नहुने र जोखिम पनि कम हुने भएकाले उनका लागि १ सय ३५ करोड तिर्न निर्माता तयार छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ