पत्रपत्रिका । गण्डकी प्रदेशमा तीन महिनापछि आगामी मार्च महिनामा कोरोना विरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहकार्यमा संघीय सरकारको सहयोगमा मार्चमा पहिलो चरणमा राहतस्वरुप कोरोनाको भ्याक्सिन ल्याउने तयारी भएको केन्द्रका निर्देशक खिमबहादुर खड्काले बताए ।
गण्डकी प्रदेशको राजधानी पोखरामा भ्याक्सिनको भण्डारण तथा वितरण हुने भएको उनले जनाए । हाल नेपालमा २ देखि ८ डिग्री सेल्सियस तापक्रममा व्यवस्थापन गर्नुपर्ने भ्याक्सिन प्रदेशको लागि उपयुक्त वातावरण हुने निर्देशक खड्काले बताए । गण्डकी प्रदेश सरकारले पहिलो चरणमा भ्याक्सिन भण्डारणको लागि ४० लाख रुपैयाँ विनियोजन गरेको बताए ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पोखराको परिसरमा भण्डारण कक्षा निर्माण भइरहेको उनले बताए । नेपाल सरकारले हाल १२ प्रकारका विभिन्न खोप निःशुल्क रुपमा वितरण गर्दै आएकाले रुवेला, दादुरा जस्तै अभियानमा कोरोना विरुद्धको भ्याक्सिन समेत लगाइने निर्देशक खड्काले दाबी गरे । पोखरामा करिब ५ लाख भ्याक्सिन भण्डारण हुने गरी हाल भण्डारण कक्ष निर्माण गर्न लागिएको उनले बताए ।
आजको कारोबार दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ