कमेडि च्याम्पियन सिजन २ : छ हजारबाट उत्कृष्ट २४ छानिए, माघ २४ बाट प्रसारण

कमेडि च्याम्पियन सिजन २ : छ हजारबाट उत्कृष्ट २४ छानिए, माघ २४ बाट प्रसारण

comedy-champions-2

कमेडि रियालिटि शो कमेडि च्याम्पियनको सिजन २ मा अन्तिम २४ प्रतियोगीहरु छनोट भएका छन् । देश तथा बिदेशबाट कमेडि च्याम्पियन सिजन २ को लागी खुल्ला गरिएको डिजिटल अडिसनमा ६ हजार बढिले सहभागिता जनाएका थिए । कोभिड महामारी बिच डिजिटल अडिसनबाट १८० जना फिजिकल अडिसनका लागी छानिएका थिए ।

छानिएका १८० जनाबाट थप छनौट हुँदै अन्तिम २४ प्रतिस्पर्धीहरु छानिएका छन । यही पौष १, २, ३ र ४ गते १८० जनालाई ४ समुहमा बिभाजन गरि फिजिकल अडिसन गरिएको हो । अडिसनबाट अन्तिम २४ प्रतिस्पर्धीहरु छनोट गरिएको आयोजक कमीटिले जनाएको छ । केही प्रतियोगीहरुलाई निर्णायकले प्रस्तुति हेरेर सिधै गोल्डेन कि दिएर टप २४ मा छनोट गरेका हुन । अन्यलाई भने निर्णायक तथा निर्देशक टिमले दिएको नम्बरको आधारमा छनोट गरिएको हो ।

गत सिजन झै यस सिजनमा पनि गत बर्षकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ऋचा शर्मा यथावत रहेका छन ।

यस वर्षको कमेडि शो फेब्रुअरि ६ (माघ २४, शनिबार) बाट टेलिभिजनमा प्रसारण गरिने उक्त शोका निर्देशक विशाल भण्डारिले बताए ।

१) बिक्कि अग्रवाल

बिक्कि यस सिजनको लागि सिक्किमबाट सहभागी हुन काठमाडौ आएका थिए उनी गोल्डेन कि पाउने पहिलो प्रतियोगी हुन । उनले आर्गनिक कमेडिमार्फत निर्णायकहरुको मन जितेका थिए । उनी आफै युउटुबर साथै फिल्म मेकिङमा समेत सकृय रहेका छन ।

२) पुष्पराज ओझा

आफ्नो कडा प्रस्तुतिका साथ निर्णायकहरुको मन जितेर दोश्रो गोल्डेन कि पाउन सफल पुष्पराज धनकुटा निवासी हुन । उनी एक स्वास्थ्यकर्मी समेत हुन ।

३) तपेश्वर सिंह

सिराहा निवासी तपेश्वर तेस्रो गोल्डेन कि पाउने प्रतियोगी हुन । मधेशि रोस्टर नामले परिचित उनी एक युट्युबर समेत हुन ।

४) पवन भट्टराई

आफ्नै वरपरका सामान्य बिषयलाई लिएर निर्णायको मन जित्न सफल प्रतियोगी हुन पवन भट्टराई । चौथो गोल्डेन कि पाउन सफल उनी असाम निवासी हुन । पवन DTV मा समेत कार्यरत रहेका छन ।

५) श्रेया सुवेदी

श्रेया यस सिजनको पाचौ टप २४ मा पुग्न सफल प्रतियोगी साथै पहिलो महिला प्रतियोगी हुन । झापाको दमकबाट सहभागिता जनाएका उनी युट्युबर समेत हुन ।

६) हिक्मत मोहरा

कमेडि च्याम्पियन सिजन २ को टप २४ मा पर्न सफल छैठो प्रतियोगी हुन हिक्मत मोहरा उनी कञ्चनपुर निवासी हुन ।

७) सुदर्शन भाइ सुवेदी

टप २४ मा पर्न सफल अर्को प्रतियोगी सुदर्शन पुर्वको इलाम निवासी हुन । उनि एक युट्युबर समेत हुन |

८) एलिसन भट्टराई

झापा निवासी कमेडि च्याम्पियन सिजन २ को टप २४ मा पर्न सफल आठौ प्रतिनिधि हुन एलिसन उनी एग्रिकल्चर तथा फरेष्टि अध्यन गरिरहनुका साथै कमेडि युट्युबर च्यानल समेत सञ्चालन गरेका छन ।

९) भरतमणि पौडेल

झापा निवासी च्याम्पियनको टप २४ मा पर्न सफल नवौ प्रतियोगी भरतमणि कमेडियन , आरजे , तथा टेक्निसयन हुन ।

१०) सुसान्त बत्स्याल

कमेडि च्याम्पियनको सिजन २ मा टप २४ पर्न सफल सुसान्त काठमाडौ निवासी हुन ।

११) बिदुर खनाल

काठमाडौ घर भएका बिदुर नेपक्याजम नामक युट्युब च्यानल मा स्ट्यानडर्ड कमेडि गरेर चर्चामा आइसकेका छन ।

१२) कैलास कार्की

सोलुखुम्बु निवासी कैलास कमेडि च्याम्पियनको सिजन १ मा पनि सहभागी भएर शायरी किङले परिचित समेत रहेका छन । उनी एक आरजे समेत हुन ।

१३) प्रभात लामा

कमेडि च्याम्पियनको सिजन २ को टप २४ को तेह्रौ प्रतियोगी प्रभात लामा एक सफल आरजे , भिजे , कलाकार साथै स्ट्यानडर्ड कमेडिको रुपमा समेत परिचित रहेका छन ।

१४) सुन्दर खनाल

पोखरा निवासी सुन्दर खनाल स्ट्यानडर्ड कमेडियन , आर जे , भिजे , कम्पोजर , लेखक र युट्युबर समेत हुन |

१५) आशिष न्यौपाने

गोर्खा निवासी आशिष एक कुशल सञ्चारकर्मी हुन ।

१६) बिकास अर्याल

स्याङ्जा निवासी बिकासले विभिन्न कमेडि भिडियोहरुमा अभिनय गरिसकेका छन ।

१७) दर्पण शर्मा

धनगडि निवासी दर्पण कमेडि च्याम्पियन सिजन २ को टप २४ मा पर्न सफल सत्रौ प्रतियोगी हुन

१८) बिरेन्द्र खडका

सिजन २ को टप २४ मा पर्न सफल अठारौ प्रतियोगी बिरेन्द्र ट्यालेण्ट कोइष्टको प्रतियोगी समेत हुन ।

१९) श्वेता चौलागाइ

कमेडि च्याम्पियन सिजन २ को टप २४ मा पर्न सफल श्वेता दोस्रो महिला प्रतियोगी हुन । उनी काठमाठौमा बसोबास गर्छिन ।

२०) सन्जय भट्टराई

गुल्मि निवासी अर्को सफल प्रतियोगी सन्जय भट्टराई एक युट्युबर हुन ।

२१) सन्तोष थापा

गोर्खा निवासी सन्तोष भट्टराई विभिन्न सर्ट मुभि तथा कमेडि भिडियोहरुमा अभिनय गरिसकेका छन ।

२२) रबिन मुसासहाङ

कमेडि च्याम्पियन सिजन २ मा टप २४ मा पर्न सफल बाइसौ प्रतियोगी रबिन फिदिम निवासी हुन ।

२३) सुजन दाहाल

इटहरि घर भएका सुजन स्ट्यानडर्ड कमेडिहरुमा सहभागी भइरहन्छन ।

२४) मोहनराज क्षेत्री

असाम निवासी मोहनराज कमेडि च्याम्पियनको सिजन १ मा समेत सहभागी भएका थिए । मिमिक्रि किङले परिचित उनी आफै एक सफल स्ट्यानडर्ड कमेडियन हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ