पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिकरूपमा खुल्दै गएको छ । बुधबार दिउँसोबाट मौसम खुल्दै जाँदा तापक्रम बढेको छ । घाम लागेपछि प्रदुषित वायुले लागेको तुवालो काठमाडौँ उपत्यकाबाट बाहिरिएको छ ।
अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २३ गते (बिहीबार)
दिउँसो स् देशको पहाडी भुभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति स् प्रदेश १ र सुदुर पश्चिम प्रदेशको पहाडी भुभागमा मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २४ गते (शुक्रबार)
दिउँसो : प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भुभागमा मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भुभागमा मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २५ गते (शनिबार)
दिउँसो : प्रदेश १, प्रदेश नं २, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १, प्रदेश नं २, बागमती र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देश भर तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन