गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १४ हजार नाघ्यो, शनिबार थप २० जनामा कोरोना पुष्टि

गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १४ हजार नाघ्यो, शनिबार थप २० जनामा कोरोना पुष्टि

IMG_6386

पोखरा – शनिबार पोखराका १९ सहित तनहुँमा १ गरी थप २० जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज कास्कीका ९७ र तनहुँ जिल्लाका ४५ जनाको परीक्षण गर्दा थप २० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरु पोखरा महानगरका विभिन्न वडाका साथै तनहुँ जिल्लाका ब्यास नगरपालिकाका एकजना रहेका छन् ।

आज थपिएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ९ सय ४२ पुगेको छ । जसमा सक्रिय संक्रमित ७४३ पुगेका छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट १८ जना कोरोनामुक्त भएका छन् । यो संगै, हालसम्म प्रदेशबाट कोरोनामुक्त हुनेको संख्या १४ हजार तीन पुगेको छ ।

शनिबार पनि गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका मृतक कास्की जिल्ला पोखरा महानगरपालिका -१३ निवासी ८३ वर्षीया महिला रहेकी छन् । यो संगै, गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण १९६ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ