पोखरेली गायक केसीले फेसबुकमा ‘गुडबाई’ लेखेर आत्महत्या

पोखरेली गायक केसीले फेसबुकमा ‘गुडबाई’ लेखेर आत्महत्या

bodree kc

डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत पुगेका थिए ।

लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए । उनले पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गरेका थिए भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए ।

आत्महत्याको कारण नखुलेको बताएको लण्डन प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ