गण्डकीमा १५ हजार पुगे कोरोना संक्रमित, १४ हजार १ सय ३२ कोरोनामुक्त

गण्डकीमा १५ हजार पुगे कोरोना संक्रमित, १४ हजार १ सय ३२ कोरोनामुक्त

IMG_6397

पोखरा – सोमबार पोखराका १३ सहित गण्डकीका थप ४० जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका २१५ जनामा गरिएको परीक्षणमा थप ४० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका संक्रमित गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका १३, तनहुँमा १, गोरखामा १, लमजुङमा १, नवलपुरमा ९, पर्वतमा ९, बाग्लुङमा ४ र म्याग्दी जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ ।

आज थपिएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार पुगेको छ । जसमा, सक्रिय संक्रमित ६७२ जना छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशबाट कोरोनामुक्त हुनेको संख्या १४ हजार १ सय ३२ पुगेको छ भने, हालसम्म कोरोना संक्रमणका कारण १९६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ