अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता भएको घातक क्यापिट हिंसाअघिको आफ्नो सम्बोधन पूर्ण रूफमा उपयुक्त भएको बताएका छन्। उनले आफ्नो उक्त सम्बोधनमा संसद्तर्फ मार्च गर्न समर्थकहरूलाई आग्रह गरेका थिए।
उनले हूलदङ्गाको निम्ति उक्साएको आरोपमा डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउन गरिरहेको प्रयासलाई हास्यास्पदको संज्ञा दिएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति निर्वाचित जो बाइडनले सपथ ग्रहण गर्ने ज्यानुअरी २० तारिखदेखि ट्रम्पले कार्यालय छाड्दैछन्।
तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार उनीमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुने ठानिएको छ। तर ट्रम्पले भने, मलाई लाग्छ त्यसले हाम्रो देशमा भयानक खतरा र भयङ्कर आक्रोश निम्त्याउँछ। म हिंसा चाहन्न।
उनी मेक्सिकोसँगको सिमानामा निर्मित पर्खालको अवलोकन भ्रमणको निम्ति टेक्ससतर्फ प्रस्थान गर्दा संवाददाताहरूसँग बोल्दै थिए। पाँचजनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरी सहित दर्जनौँको सङ्ख्यामा मानिसहरू घाइते भएको क्यापिटल भवनको हिंसापछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन्।
वासिङ्टनमा ज्यानुअरी ६ तारिखमा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने अप्रमाणित दाबी दोहर्याएका थिए।
सम्बन्धित खबर
दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ
नेपाल-बंगलादेशसँग हाम्रो आन्दोलनको तुलना नगर्नुहोस्: दीपके
फ्रान्समा हिंसात्मक प्रदर्शन : १९औँ शताब्दीको ऐतिहासिक टाउन हल ध्वस्त
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
पाकिस्तानको खैबर पख्तुनख्वाका मुख्यमन्त्री हिरासतमा, गभर्नर शासन लागू
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !