पोखरा – बालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पोखराको पृथ्बीचोकस्थित पोखरा मल भित्रबाट पोखरा महानगरपालिका -१७ घारीपाटन निवासी रमिला पौडेलकी ५ वर्षीया छोरीले कानमा लगाएको सुनको मुन्द्रा ललाई फकाई चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा -११ फूलबारी बस्ने २२ वर्षीया एलिसा गुरुङ र पोखरा -११ रानिपौवामा सुन पसल संचालन गर्दै आएका वर्ष ३० का विजय सुनार रहेका छन् ।
उनीहरुले गएको आइतबार दिउँसो अन्दाजी १ :३० बजेको समयमा पोखरा मल भित्रबाट उक्त नाबालिकाले कानमा लगाएको एकजोर सुनको मुन्द्रा चोरी गरेर भागे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
पीडितहरुले दिएको हुलियाका आधारमा खोजतलास गरेको कास्की प्रहरीले एलिसा गुरुङलाई पोखरा -४ पालिखेचोक र विजय सुनारलाई रानिपौवाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाईएको कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन