नयाँ प्रकृतिको कोरोना भाइरस ५० देशमा पुग्यो

नयाँ प्रकृतिको कोरोना भाइरस ५० देशमा पुग्यो

corona

बेलायतमा फेला परेको नयाँ प्रकृतिको कोरोना भाइरस ५० देशमा फैलिएको छ । यस्तै, दक्षिण अफ्रिकामा भेटिएको अर्को स्वरुपको भाइरस २० देशमा पुगेको पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको साप्ताहिक रिपोर्टमा जनाइएको छ ।

बेलायतमा पहिलो पटक १४ डिसेम्बरमा नयाँ स्वरुपको भाइरस फेला परेको थियो । यस्तै जापानमा भेटिएको तेस्रो प्रकृतिको भाइरसका बारेमा चिन्ता व्यक्त गर्दै यसले प्रतिरोधी क्षमतामा असर पार्न सक्ने भन्दै यसको परीक्षण हुनुपर्ने आवश्यकता रहेको डब्लुएचओले बताएको छ ।

संगठनका अनुसार कोरोना भाइरस जति बढी फैलन्छ, त्यो त्यति नै धेरै परिवर्तन हुने सम्भावना छ । नयाँ प्रकारको भाइरस पहिलाको तुलनामा थप फैलने किसिमको भएका कारण स्वास्थ्य प्रणालीमा असर पर्ने डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ