बिहीबार पोखराका २८ सहित गण्डकीमा ४७ जनामा कोरोना पुष्टि, ७३ जना कोरोनामुक्त, एकको मृत्यु

बिहीबार पोखराका २८ सहित गण्डकीमा ४७ जनामा कोरोना पुष्टि, ७३ जना कोरोनामुक्त, एकको मृत्यु

IMG_6425

पोखरा – बिहीबार पोखराका २८ सहित गण्डकीमा ४७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका १३३ जनामा गरिएको परीक्षणमा थप ४७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ६ जिल्लाका छन् । जस अन्तर्गत कास्कीको पोखरा महानगरका २८ जना, तनहुँका ३ जना, लमजुङका ८ जना, पर्वतका २ जना, बाग्लुङका ३ जना र म्याग्दी जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ८८ पुगेको छ । जसमा, सक्रिय संक्रमित ५९९ छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ७३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १४ हजार २ सय ९२ पुगेको छ ।

बिहीबार गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका -४ का ७३ वर्षीय पुरुष रहेका छन् ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds