कोरोनाका कारण फ्रान्समा देशव्यापी रुपमा लागू भइरहेको करफ्यू थप कडा हुने घोषणा गरिएको छ ।फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको रातीको कर्फ्यूको ढाँचामा परिवर्तन गरिने जानकारी दिएका छन् ।
डिसेम्बरदेखि नै फ्रान्समा रातीको करफ्यू जारी छ तर कोरोनाको बढ्दो मामिलालाई मध्यनजर गर्दै यसमा थप कडाई गर्न लागिएको हो ।
हाल राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्छ तर शनिबारदेखि बेलुका ६ बजेदेखि कर्फ्यू लागू गरिनेछ । यो नयाँ नियम कम्तीमा १५ दिनसम्म लागू रहनेछ ।
प्रधानमन्त्रीले देशमा कोरोनाको स्थिती चिन्ताजनक रहेको बताएका छन् । प्रधानमन्त्रीले विदेशबाट आउनेहरुका लागि नयाँ नियमको घोषणा गरेका छन् ।
अब इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघिसम्म कोरोनाभाइरसको संक्रमणको परीक्षण गर्नुपर्नेछ र नेगेटिभ भएपछि मात्रै उनीहरुलाई फ्रान्समा प्रवेश गर्न दिइनेछ ।
फ्रान्समा आइसकेपछि पनि उनीहरु ७ दिनसम्म आइसोलेशनमा बस्नुपर्नेछ र सातौं दिन पनि परीक्षण गर्नुपर्नेछ । उक्त परीक्षणमा नेगेटिभ आएपछि मात्रै उनीहरु सामान्य तरिकाले बस्न पाउनेछन् ।
कोरोनाको नयाँ भेरियन्टका लागि पनि चिन्ता बढेको छ । फ्रान्सका स्वास्थ्यमन्त्रीका अनुसार कोरोना संक्रमितमा कम्तीमा एकदेखि डेढ प्रतिशत कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन