लुकाई छिपाई राखेको लागुऔषध गाँजा सहित पोखराबाट लिम्बू पक्राउ

लुकाई छिपाई राखेको लागुऔषध गाँजा सहित पोखराबाट लिम्बू पक्राउ

pakrauu

पोखरा । ठूलो मात्रामा लागूऔषध सहित सनम लिम्बू पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखराबाट पुष २९ (बिहिबार) १७:३० बजेको समयमा पक्राउ गरिएको हो ।

बर्ष १९ का लिम्बू जिल्ला पाँचथर मिक्लाजुङ गा.पा.८ स्थायी घर भई हाल पोखरा ११ फूलबारी बस्दै आएका थिए । रामबजारबाट खटिएको प्रहरी टोलीले लिम्बुको कोठाबाट लुकाई छिपाई राखेको लागूऔषध गाँजा ५०० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ