पोखराको चाइनापुलमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा युवती गम्भीर घाइते

पोखराको चाइनापुलमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा युवती गम्भीर घाइते

accident

पोखरा – ट्रकको ठक्करबाट पोखरामा एक युवती गम्भीर घाइते भएकी छन् ।

शुक्रबार दिउँसो अन्दाजी १ बजेको समयमा पोखरा महानगरपालिका -९ चाइनापुल स्थित एम.एस ४८ ए.जे २२८९ नम्वरको ट्रकले ग १७ प ७०६९ नम्वरको स्कुटरलाई ठक्कर दिंदा सप्तरी जिल्ला महादेव गाउँपालिका -९ घर भई हाल पोखरा -१२ रानीपौवा बस्दै आएकी २२ वर्षीया सुष्मिता शर्मा घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घाइते शर्माको हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ भने, उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक राज कुमार थिङले जानकारी दिए  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ