२४ घण्टामा २७० जनामा कोरोना पुष्टि, थप ५ जना मृत्यु

२४ घण्टामा २७० जनामा कोरोना पुष्टि, थप ५ जना मृत्यु

corona death

File Photo.

नेपालमा गत २४ घण्टामा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबा अनुसार ३०८४ जनामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ३९० जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९४८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ