भारतमा आजदेखि कोरोनाको खोप लगाइँदै

भारतमा आजदेखि कोरोनाको खोप लगाइँदै

corona vaccine

भारतले आजबाट सर्वसाधरणलाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने भएको छ । बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले यसको उद्घाटन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

भारतले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिनेलाई खोप दिने बताएको छ । भारतले अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप कोभिसिल्डु उत्पादन गरिरहेको छ । सोही खोप आजबाट अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई दिन लागेको हो ।

एक वर्षको अविधमा भारतमा १ करोड ५ लाख २७ हजार बढी मानिस संक्रमित भइसकेका छन् भने १ लाख ५१ हजार ९१८ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ