इन्डोनेसिया भूकम्प: मृतक संख्या ४२ पुग्यो

इन्डोनेसिया भूकम्प: मृतक संख्या ४२ पुग्यो

indonesia earthquake

इन्डोनेसियाको सुलावेसी द्वीपमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । बीबीसीका अनुसार शुक्रवार गएको ६.२ म्याग्नीच्युटको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनको संख्या ४२ पुगेको हो ।

भूकम्पका कारण कैयन् भवनहरु भत्किएका छन् भने एउटा अस्पतालमा समेत क्षति पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सन् २०१८ मा पनि इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको थियो । त्यतिखेर गएको भूकम्पमा परी झण्डै २ हजार जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ