शनिबार पोखराका ३३ सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि, ७१ जना कोरोनामुक्त

शनिबार पोखराका ३३ सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि, ७१ जना कोरोनामुक्त

corona covid gandaki

पोखरा – शनिबार पोखराका ३३ सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका ३१६ जनामा गरिएको परीक्षणमा थप ४० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका ३३ जना, तनहुँका २ जना, स्याङ्गजाका २ जना, पर्वतका १ जना, बाग्लुङका १ जना र म्याग्दी जिल्लाका १ जनामा कोरोना पुष्टि भएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार १२८ पुगेको छ । जसमा ५६८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो ४८ घन्टामा गण्डकीमा ७१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ३ सय ६३ पुगेको छ भने, गण्डकीबाट अहिलेसम्म १९७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ